ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थी तथा स्थानीयवासीलाई सहज सञ्चार सुविधा उपलब्ध गराउने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याइएको छ।
पाथीभरा क्षेत्र विकास समिति को पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (दूरसञ्चार कार्यालय इलाम) सँग २०८० चैत २० गते सम्झौता सम्पन्न भएको थियो। सोहीअनुसार बिटिएस टावर निर्माणपछि आजदेखि सेवा औपचारिक रूपमा सुरु गरिएको हो।
फोरजी सेवा सञ्चालनमा आएसँगै अब पाथीभरा दर्शन गर्न पुग्ने भक्तजनहरूले सहज रूपमा सञ्चार सेवा उपयोग गर्न सक्ने भएका छन्। साथै, अनलाइन दान प्रणाली सञ्चालनमा आउँदा भेटी व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।
यस सेवाबाट फक्ताङलुङ गाउँपालिका आसपासका स्थानीय बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने बताइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।