लोड हुँदैछ...

मेनु

एसिसी महिला प्रिमियर कप : नेपाललाई कतारले दियो ७७ रनको चुनौती

एसिसी महिला प्रिमियर कप : नेपाललाई कतारले दियो ७७ रनको चुनौती

काठमाडौँ । मलेसियामा आजदेखि सुरु भएको एसिसी महिला प्रिमियर कपको पहिलो खेलमा नेपालले जीतका लागि ७७ रनको चुनौती पाएको छ। मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले कतारलाई १६.५ ओभरमा मात्र ७६ रनमा अलआउट गरेको हो।

कतारका लागि गेन्टेडु चन्डिरुले सर्वाधिक २५ रनको योगदान दिइन् भने कप्तान आयशाले १० रन जोडिन्। कतारका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपाली बलरहरूको कसिलो बलिङसामु कतारका ब्याट्सम्यानहरू निरीह देखिएका थिए।

नेपालका लागि बलिङतर्फ रुविना क्षेत्रीले घातक बलिङ गर्दै ३ विकेट हात पारिन्। त्यस्तै पूजा महतो, रिया शर्मा र कविता कुँवरले समान १–१ विकेट लिए।

अहिले नेपालले ७७ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।