काठमाडौँ । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिए ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका हुन् ।
आफन्तका अनुसार बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा थिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।