लोड हुँदैछ...

मेनु

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो : ब्यारेजका २० ढोका खोलिए, रातो बत्ती बालेर सतर्कता

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो : ब्यारेजका २० ढोका खोलिए, रातो बत्ती बालेर सतर्कता

विराटनगर । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भइरहेको निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ । नदीमा पानीको सतह बढेसँगै कोसी ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ।

सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार गएराति कोसी ब्यारेजमा पानीको बहाव १ लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका कुल ५६ ढोकामध्ये २० वटा ढोका खोलिएको छ। कोसी ब्यारेजमा ५२ वटा मुख्य ढोका र दुईवटा नहरका गरी कुल ५६ वटा ढोका रहेका छन् ।

पानीको बहाव बढेर खतराको तह नजिक पुग्न थालेपछि कोशी ब्यारेजको कन्ट्रोल रुमले खतराको सङ्केत स्वरूप रातो बत्ती बालेको छ। साथै, ब्यारेजमा रातो झण्डासमेत फहराइएको प्रहरीले जनाएको छ ।

वर्षा जारी रहेकाले नदीको सतह अझै बढ्न सक्ने अनुमान गरिएको छ । पानीको बहाव बढेसँगै कोसी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds