कम्युनिस्ट पार्टी हुनलाई उसको सदस्यले सर्वप्रथम मार्क्सवादको सिद्वान्त स्वीकार तथा पालन गर्नुपर्छ। मार्क्सवाद भनेको के हो र त्यो कसरी बनेको छ? के के तत्वहरु मिलेर मार्क्सवाद बनेको हो? मार्क्सवादमाथि लेनिनवाद नै किन? मार्क्सवाद-लेनिनवादमाथि फेरि माओवाद या माओ विचारधारा किन? आधारभूत ज्ञान हासिल गर्नुपर्छ। किनभने, कार्ल मार्क्सले भनेका छन- अज्ञानताले क्रान्तिको सेवा गर्दैन।
“अज्ञानताले क्रान्तिको सेवा गर्दैन” भनी मानेपछि अज्ञानताले प्रतिक्रान्तिको सेवा चाहिँ अवश्य गर्ने भयो।
साथसाथै, आर्जित ज्ञानलाई व्यवहारिक अभ्यासमा ल्याइनु पर्छ। वास्तवमा सिदान्त र व्यवहार, व्यवहार र सिद्वान्त अनि फेरि सिद्वान्त र व्यवहारको निरन्तर चक्र नै मार्क्सवादको दर्शन अर्थात द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद हो कि? जसले, सार्थक तुल्याउने हुन्छ कि “दार्शनिकहरुले दुनियाको व्याख्या मात्र गरे, मुख्यतः यसलाई (दुनियालाई) बदल्नु हो”।
माओ तेस्तुङले भनेका छन- आगामी संसार हुन त हामीहरुको पनि हो, मुख्य रुपमा युवाहरुको हो।
तब हामीलाई के लाग्दछ भने अपवाद बाहेक हामीहरु युवाहरुकै भविष्यका लागि दुखकष्ट गर्दै आएका हौं र अझ गरिरहेका छौं। सम्भवतः देशमा भयानक कष्टका दिनहरु आइलाग्ने छन। त्यसको सामना गर्न नयाँ तयारी गरिरहेका हौं र गर्नैपर्छ।
तर, कस्तो देखिन्छ भने युवा भन्यो, उफ्र्यो!
अशिष्ट अर्थ नलागोस् कि क्षेमायाचना गर्दै सम्झना हुन्छ कि २०६५ मा गोर्खापत्र दैनिकमा हाम्रो एउटा लेख प्रकाशित भयो। जसको विषयवस्तु वर्गीय र जातीय आन्दोलनवीच समायोजनको थियो। शीर्षक हो- सर्वहारावर्गको जातीय कार्यक्रम। त्यसको एक अंश थियो, सोलुखुम्बूको सोताङ बजारमा बिर्जेधन राई नामको काका हुनुहुन्थ्यो। २०४० सालतिरको कुरा हो, के भयो? एक दिन ती काका रन्फनिँदै हुनुहुन्थ्यो र दाह्रा किटेर बजारभरि भन्दै हुनुहुन्थ्यो- तेरिमा….. तँ जाँ….. हरु लिङग ठाडो पारे पो काम दिन्छ, अण्डकोष ठाडो पारेर काम दिन्छ? तेरिमा जाँ….. हरु!
हामीले सुनिपठायौं। लाजमर्दो लाग्यो र काकालाई समातेर आग्रह गर्दै भन्यौं- धत्तेरि काका, के भनेको यो! यस्तो त नभन्नुस्न!
तर, काका झन ठूलो श्वरमा बम्किए। उनले भनिहाले- तँ जाँ… पनि अण्डकोष ठाडो पार्ने नै होस् जाँ….!
(उल्लेखित शब्दहरुमा भारी परिमार्जन गरि प्रस्तुत गरिएको छ। बुझ्न सकिन्छ, काकाजीका शब्दहरु अर्कै थिए)
दृढ जिम्मेवार आग्रह कि हाल दिवङगत् बिर्जेधन काकाले भने जस्तो किमार्थ नहोस्।
अत: केही महिना अघि क. प्रचण्डले भन्नू भए जस्तै विचारधारात्मक राजनीति, नेपाली क्रान्तिको रणनीति र कार्यनीति, संगठन र संघर्षवारे युवाहरु खरो उत्रेर आउनु पर्यो। “ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल” गीत जस्तै बनेर आउनु पर्यो। जसको अहिले देश र जनतालाई साह्रै खाँचो परेको देखिन्छ।
उपरोक्त सम्बन्धमा, यो पनि भनिहालौं कि पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठक सकिएपछि विस्तृतमा “दुनियाँ बदल्ने युवा तस्वीरको कार्यादेश” शिर्षक लेख लेख्ने सोंच छ। समय र स्वास्थ्यले साथ दिए अवश्य लेखिने छ, किनकि लेख्नै पर्ने स्थिति अनुभव हुन्छ




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।