वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह पक्राउ परेका छन् । नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई आज बिहान पर्सा र चितवनको सीमा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले सिंहलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । सिंहलाई आजै अदालतमा हाजिर गराउने तयारी प्रहरीले गरेको छ ।
मेयर सिंहमाथि नक्कली कागजात खडा गरी अर्कैकी छोरीलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोपमा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा जिल्ला अदालतले अनुसन्धानका लागि गत जेठ ८ गते सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएदेखि नै उनी प्रहरीको खोजी सूचीमा थिए । अन्ततः आज बिहान सीमा क्षेत्रबाट उनी समातिएका हुन् । उनीमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।