लोड हुँदैछ...

मेनु

बत्तिसे झरनामा ९३ मिटर लामो झोलुङ्गे पुल

बत्तिसे झरनामा ९३ मिटर लामो झोलुङ्गे पुल

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित प्रसिद्ध बत्तिसे झरना क्षेत्रमा ९३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।

झरनाको सुरक्षित र आकर्षक दृश्यावलोकनका लागि कोशी प्रदेश सरकारले पुल निर्माण गरेको हो ।

कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय पाँचथरमार्फत आर्थिक वर्ष २०८१–८२ मा निर्माण सम्पन्न गरिएको पुलको लागत ४८ लाख रुपैयाँ रहेको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर मुकेशराज साहका अनुसार पुल निर्माणपछि बत्तिसे झरना अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्ने अपेक्षा छ ।

झरनाको दृश्य नियाल्न, फोटो तथा भिडियो खिच्न र आसपासको वन क्षेत्र घुम्न आउनेहरूका लागि पुल आकर्षणको केन्द्र बनेको छ ।उपभोक्ता समितिका अध्यक्ष धनकुमार तामाङका अनुसार झरना हेर्न आउने पर्यटकलाई सुरक्षित रूपमा दृश्यावलोकन गराउने उद्देश्यले पुललाई ‘भ्यू पोइन्ट’का रूपमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।