लोड हुँदैछ...

मेनु

गायक सिताराम पोखरेलको स्वरमा ‘मुद्दा हालेर’ सार्वजनिक

गायक सिताराम पोखरेलको स्वरमा ‘मुद्दा हालेर’ सार्वजनिक

विराटनगर  । गायक सिताराम पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको  नयाँ नेपाली गीत ‘मुद्दा हालेर’सार्वजनिक भएको छ। मुनाल शिशिर कोइरालाको शब्द तथा संगीत रहेको छ ।

बिकल्प क्रिएशनमार्फत सार्वजनिक गरिएको गीतले समसामयिक कथावस्तु र प्रस्तुतीकरणका कारण दर्शकबीच राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमले अपेक्षा निमार्ण टिमको रहेको छ ।

प्रेममा आइपर्ने विभिन्न कठिन अवस्थालाई र मायाका मतभेदलाई गीतमा आकर्षक ढंगबाट चित्रण गरिएको छ ।  लोक–आधुनिक शैलीको गीतमा प्रेममा आएको उतारचढावलाई कलात्मक रुपमा समेटिएको छ । सुजन श्रेष्ठको छायाँकन , सुवास शाहको सम्पादन तथा मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार गरिएको गीतमा कलाकार श्रीदेव भट्टराई र तुलसी खड्काको अभिनय देख्न सकिन्छ ।

‘मुद्दा हालेर’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।