लोड हुँदैछ...

मेनु

एसियन गेम्स छनोट: चीनमाथि नेपालको जित

एसियन गेम्स छनोट: चीनमाथि नेपालको  जित

विराटनगर । एसियन गेम्स छनोटको आफ्नो पहिलो खेलमा नेपालले चीनमाथि २२१ रनको फराकिलो र सानदार जित दर्ता गरेको छ । सिंगापुरमा भएको एकपक्षीय खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा आफ्नो वर्चस्व कायम गर्‍यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल खडा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै ४३ बलमा १२९ रनको शतकीय इनिङ्स खेले । उनले आफ्नो इनिङ्समा १६ छक्का प्रहार गर्दै चिनियाँ बलरहरुलाई निरिह बनाएका थिए ।

मध्यक्रममा कप्तान रोहित पौडेल र कुशल मल्लले पनि आक्रामक ब्याटिङ गरे । मल्लले ४७ बलमा ८५ रन जोडे भने कप्तान पौडेलले मात्र २१ बलमा ६९ रनको योगदान दिए । चीनका लागि मा क्वानचेङ र देङ जिनकीले समान १–१ विकेट लिए पनि अन्य बलरहरु निकै महँगा साबित भए ।

३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन नेपाली बलरहरुसामु टिक्न सकेन । चीन १९.२ ओभरमा मात्र ९२ रन बनाउँदै अलआउट भयो । चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ नेपालका कुशल मल्लले ब्याटिङमा जस्तै बलिङमा पनि चमक देखाउँदै ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट झारे भने नन्दन यादवको नाममा १ विकेट रह्यो । यो जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।