लोड हुँदैछ...

मेनु

प्रधानमन्त्रीको ‘राष्ट्रघाती’ अभिव्यक्तिको विरोधमा नेकपाको प्रदर्शन

प्रधानमन्त्रीको ‘राष्ट्रघाती’ अभिव्यक्तिको विरोधमा नेकपाको प्रदर्शन

विराटनगर । भारतीय भूमि मिचेको भनी प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सडक आन्दोलन सुरु गरेको छ । प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रहित विपरीत र राष्ट्रघाती रहेको दाबी गर्दै नेकपा सम्बद्ध विभिन्न जनवर्गीय संगठनहरूले बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको र त्यसले देशको सार्वभौमसत्तामाथि आँच पुर्‍याएको प्रदर्शनकारीहरूको ठहर छ । माइतीघर मण्डलामा भेला भएका आन्दोलनकारीहरूले ‘भारतीय भूमि मिचेको भन्ने राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे’ भन्दै चर्का नाराबाजी गरेका थिए ।

सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको तर्फबाट आएको भनाइले छिमेकीसँगको सम्बन्धमा अनावश्यक विवाद निम्त्याउने र नेपालको कूटनीतिक मर्यादा उल्लंघन गर्ने उनीहरूको तर्क छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले तत्काल सार्वजनिक रूपमा माफी माग्नुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । विरोध ¥यालीमा सहभागीहरूले प्रधानमन्त्री विरुद्ध विभिन्न प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गर्दै सरकारको चर्को आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।