काठमाडौं । हास्य टेलिसिरियल ‘सक्किगो नि’बाट चर्चामा आएका कलाकार सागर लम्सालल ‘बले’माथि एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस सार्वजनिक गर्दै ती युवतीले करिब एक वर्षअघि अमेरिकामा आफू बलात्कृत भएको दाबी गरेकी हुन्।
पीडितका अनुसार घटना भएको समयमा उनी डिप्रेसन र एन्जाइटीका कारण मानसिक रूपमा कमजोर अवस्थामा थिइन्। अस्पतालबाट डिस्चार्ज भएर घरमै स्वास्थ्य लाभ गरिरहेकै बेला नेपालबाट चिनजानका व्यक्तिहरू अमेरिका पुगेपछि परिवारकै सुझावमा उनीहरूसँग भेटघाट गरेको बताइएको छ।
युवतीले सागर लम्साललाई आफूले दाइ नाता लगाउने व्यक्ति भएको र करिब १० वर्षदेखि चिन्ने गरेको उल्लेख गरेकी छन्। भेटका क्रममा ‘बस्ने ठाउँ हेर्न’ भन्दै अपार्टमेन्ट पुगेपछि आफूले आफ्नो मानसिक अवस्था सुनाउँदै रोइरहेका बेला लम्सालले विश्वास तोड्दै बलात्कार गरेको दाबी उनले गरेकी छन्।
परिवारको इज्जत र आफ्नो मानसिक अवस्थाका कारण लामो समयसम्म घटना सार्वजनिक गर्न नसकेको तर अहिले सहन नसक्ने अवस्थाले आफूलाई बोल्न बाध्य बनाएको उनले बताएकी छन्। साथै, भविष्यमा अरू कसैमाथि यस्तो घटना नहोस् भन्ने उद्देश्यले कुरा सार्वजनिक गरेको उल्लेख गरेकी छन्।
पीडित युवतीले सामाजिक सञ्जालमा राखेको पोस्टस्
एक वर्ष अघिको कुरा हो। म अमेरिका आएको केही समय मात्र भएको थियो। सानैदेखि डिप्रेसन र एन्जाइटीसँग जुधिरहेकी मलाई, घरबाट टाढा यो अन्जान ठाउँमा एक्लै हुँदा ती सबै कुराले झन् अन्धकारतिर धकेल्यो। मानसिक स्वास्थ्यकै कारण म अस्पतालमा समेत भर्ना भएँ। सायद वर्षौंदेखि आफैँसँग लड्दा लड्दा मेरो मन र मस्तिष्कले हार मानिसकेको थियो।
अस्पतालबाट डिस्चार्ज भएपछि, ‘अलि कोसिस गरेँ भने राम्रा दिनहरू आउनेछन्’ भन्ने आशा बोकेर म बाहिर निस्किएँ। त्यही बीचमा नेपालबाट केही अंकलहरू अमेरिका आउनुभएको थियो। उहाँहरू सबैजना हाम्रो परिवारसँग वर्षौंदेखि जोडिनुभएको थियो९ कसैलाई म दाइ भन्थेँ त कसैलाई अंकल।
यस्तो गाह्रो समयमा, कुनै आफन्त नभएको ठाउँमा आफ्नै परिवार जस्तो मान्छे भेटे छोरीलाई अलि निको होला कि भन्ने सोचेर मेरो बाबाले ‘एकचोटि भेट न त’ भन्नुभयो।
मसँग ऊर्जा थिएन, औषधि खाइरहेकी थिएँ र एकदमै एक्लो महसुस गरिरहेकी थिएँ। तैपनि, यो बिरानो सहरमा कोही आफ्नो मान्छे भेट्दा ‘चर्को घाममा छहारी’ मिल्छ कि भन्ने आशले म भेट्न राजी भएँ। भेट्न जाँदा एकजना अंकलसँग भेट हुन सकेन, तर जसलाई मैले दाइ भन्थेँ, उहाँसँग भेट भयो।
कुराकानीकै क्रममा उहाँले भन्नुभयो, ‘तिमी बसेको ठाउँ हेरौँ न त।’ १० वर्षभन्दा अघिदेखि चिनेको र दाइ मानेको मान्छेलाई विश्वास गरेर मैले आफ्नो अपार्टमेन्ट देखाउन लगेँ।
मेरो कोठामा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्ना संघर्षहरूका बारेमा रुँदै सुनाएँ, म कति गाह्रो अवस्थाबाट गुज्रिरहेकी छु भनेर सबै भनेँ। मलाई थाहा थिएन, जसलाई मैले दाइ मानेकी थिएँ र मेरो पुरै परिवारले विश्वास गर्थ्यो, त्यो मान्छे त एउटा राक्षस रहेछ। त्यसपछि म बलात्कृत भएँ।
जति आशा बाँकी थियो, जति शक्ति बाँकी थियो, त्यो सबै सकियो। मेरो आवाज निस्किएन। म चिच्याउन चाहन्थेँ, परिवारलाई भन्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा पनि ‘मैले केही भनेँ भने मेरो पुरै परिवार बर्बाद होला’ भन्ने डर लाग्यो।
माफ गर्नुहोला बाबा, अहिले यसरी भन्दैछु, हजुरलाई भन्ने हिम्मत नै आएन। सायद हजुरसँगै भएको भए हजुरको अंगालोमा रोएर हिम्मत बटुल्थेँ होला, तर म हजुरबाट धेरै टाढा थिएँ। त्यतिबेला एक सास फेर्न समेत गाह्रो भइरहेको अवस्थामा म आफ्नो लागि कसरी लड्थेँ होला ररु
मैले कसैलाई केही भन्न सकिनँ। आफैँदेखि घृणा लागेर आयो। वर्षौंदेखिको संघर्षले गर्दा मेरो आत्मा, शरीर र मन सबैले हार मान्यो। परिवारको बारेमा सोचेर ज्यान फाल्न पनि सकिनँ, तर यो कुराले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। म न राम्ररी सास फेर्न सक्छु, न खान सक्छुस लाग्छ म एउटा जिउँदो लास बनेकी छु।
अनि त्यो राक्षस भने फिर्ता आफ्नो घर गयो र खुलेआम बाँचिरहेको छ।
आज अलि हिम्मत जुटाएर यो लेख्दैछु। मलाई थाहा छ मैले न्याय पाउँदिनँ होला र अब लड्ने हिम्मत पनि छैन, तर जसले मलाई यति ठुलो अन्याय गर्यो, त्यो मान्छेले सजाय भोग्नै पर्छ। भविष्यमा उसले अरू कसैलाई यस्तो गलत काम गर्न पाउनु हुँदैन।
म मेरो पुरै परिवारसँग माफी माग्न चाहन्छु। यो सुनेपछि सायद हजुरहरू मदेखि निराश हुनुहुनेछ। तर सधैँ निराश मात्र बनाइरहने म एउटा असफल मान्छे नै त हुँ। कसैको जीवन बर्बाद पारेर बाँच्दा कस्तो महसुस हुन्छ, सागर लम्साल क्षेत्रीरु’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।