लोड हुँदैछ...

मेनु

कोशीमा बादल र वर्षाको सम्भावना, तराईमा ‘लु’ को जोखिम

कोशीमा बादल र वर्षाको सम्भावना, तराईमा ‘लु’ को जोखिम

विराटनगर । कोशी प्रदेशसहित देशका विभिन्न पहाडी भूभागमा आज मौसममा बदली हुनुका साथै वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहँदा कोशी प्रदेशलगायत पहाडी क्षेत्रमा बादल लागेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भने चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यद्यपि, प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने र ‘तातो दिन’ हुने महाशाखाको पूर्वानुमान छ ।

देशव्यापी अवस्थालाई हेर्दा आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

वर्षाको सम्भावनाका बीच तराई क्षेत्रमा भने अत्यधिक गर्मीको जोखिम बढेको छ । मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा ‘तातो लहर’ (लु) चल्ने सम्भावना छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि गर्मीले जनजीवन प्रभावित हुन सक्ने देखिएको छ ।

आज राति पनि कोशी प्रदेशमा मौसम साधारणतया बादल नै रहनेछ । कोशीका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।