लोड हुँदैछ...

मेनु

सुनको मूल्य २ हजार ९ सयले बढ्यो

सुनको मूल्य २ हजार ९ सयले बढ्यो

विराटनगर । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलमा २ हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको २ लाख ४४ हजार ६०० रुपैयाँ कायम छ । शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।