विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मोरङको अध्यक्षमा सरिता श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् ।
विराटनगरमा आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठ यसअघि समाजको जिल्ला सचिव पदमा कार्यरत थिइन् । अधिवेशनले समितिको उपाध्यक्षमा कुलानन्द यादव, सचिवमा अमृता भण्डारी र कोषाध्यक्षमा गीता यादवलाई निर्वाचित गरेको छ ।
यसैगरी, समितिको सदस्यहरूमा यमा कुमारी यादव, कुसुम साह र गणेश कुमार लगायत चयन भएका छन् । महेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरका आयुर्वेद स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाललायतको उपस्थिती रहेको थियो ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।