लोड हुँदैछ...

मेनु

रामधुनीका नगरप्रमुख शंकरलालका छोरा देवेन्द्र चौधरी नक्कली प्रमाणपत्र प्रकरणमा ६ महिना कैद

रामधुनीका नगरप्रमुख शंकरलालका छोरा देवेन्द्र चौधरी नक्कली प्रमाणपत्र प्रकरणमा ६ महिना कैद

इहटरी । सुनसरीको रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीका छोरा देवेन्द्र नारायण चौधरी नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम ६ महिना कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो ।

विशेष अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजालासले असार ३० गते चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार कसुरदार ठहर गर्दै उक्त सजाय सुनाएको हो ।

चौधरीले रामधुनी नगरपालिकामा इन्जिनियर पदमा नियुक्तिका लागि पेस गरेको उच्च माध्यमिक तह (प्लस टु) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको हो । उनले सरकारी सेवामा प्रवेश गर्न र लाभ लिनका लागि भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

अदालतले झुटा शैक्षिक प्रमाणपत्र पेस गरी लाभ लिने कार्य भ्रष्टाचार निवारण ऐन अन्तर्गतको कसुर भएको निष्कर्ष निकाल्दै चौधरीलाई जरिवानासहित कैद सजाय सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।