लोड हुँदैछ...

मेनु

कोशी ब्यारेजमा २३ वटा ढोका खोलिए

कोशी ब्यारेजमा २३ वटा ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन्।

पछिल्लो मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव १ लाख ७६ हजार ३०५ क्युसेक पुगेको छ। जलस्तर मापनका क्रममा अहिले पानीको बहाव स्थिर देखिए पनि यो खतराको संकेतभन्दा माथि रहेको छ।

नदीमा पानीको सतह बढेर जोखिम बढेसँगै सुरक्षा सतर्कताका लागि ब्यारेजका २३ वटा ढोका खुल्ला गरिएको हो। पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।