विराटनगर । देशका विभिन्न सहरमा पछिल्लो समय लोकप्रिय बन्दै गएको एमआरआर भजन अब बिराटनगरमा पनि सुरु हुने भएको छ।
विराटनगर महानगरपालिका वडा नम्बर १९, घिनाटमा साउन ४ गते सोमबार, बेलुकी ६ देखि ६ः३० बजेसम्म, सिंघीया खोलामा गरिने आरतीको अवसर पारी यो कार्यक्रमको सुरुवात हुन लागेको हो।
आयोजकका अनुसार कार्यक्रममा सबैलाई सहभागी हुन खुला गरिएको छ भने यस एमआरआर भजनको उद्देश्य धार्मिक आस्था, संस्कृति संरक्षण, सामाजिक एकता र भाइचाराको भावना अभिवृद्धि गर्नु समेत रहेको आयोजकले जनाएको छ । देशभर नै एमआरआर भजनप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको अवस्थामा, विराटनगरमा पनि यसलाई विस्तार गरिएको हो ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।