काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३१ डलर र चाँदी ५६ डलरमा कारोबार भइरहेको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।