सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घट्यो

विराटनगर । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । २७ कात्तिकमा प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँ पुगेको सुनको करिब एक सातामा ११ हजार रुपैयाँले घट्दै २ लाख ३९ हजार ५०० रुपैयाँ झरेको छ ।

सोमबार प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घट्दै ३ हजार ९० रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार १५५ रुपैयाँमा करोबार भएको थियो ।