सुनचाँदीको मूल्यमा सामान्य बृद्धि

सुनचाँदीको मूल्यमा सामान्य बृद्धि

विराटनगर । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलाको ५ सय रूपैयाँले बढेको छ ।

भाउ बढेसँगै सुन प्रतितोला २ लाख ४३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको २ लाख ४२ हजार ८ सय रूपैयाँ थियो । सुनको मूलय अघिल्लो दिन करिब ७ हजारले घटेको थियो ।

त्यस्तै, चाँदी तोलाको २० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ३ हजार १ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको ३ हजार १ सय ३५ रूपैयाँ थियो ।