विराटनगर । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला ५०० रुपैयाँले घटेको हो ।
चाँदीको मूल्य पनि घटेर तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ३ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको हो ।
