लोड हुँदैछ...

मेनु

जापानीज इन्सेफलाइटिसबाट झापामा महिलाको मृत्यु

जापानीज इन्सेफलाइटिसबाट झापामा महिलाको मृत्यु

विर्तामोड जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट झापा हल्दीबारी गाउँपालिका–२ कदमचोककी प्रमीलाकुमारी राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ।

प्रादेशिक अस्पताल भद्रपुरको सघन उपचार कक्षमा उपचाररत राजवंशीको चिकित्सकहरूको प्रयासका बाबजुद मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने जापानीज इन्सेफलाइटिसको सङ्क्रमण देखिएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो। हल्दीबारी उद्योग वाणिज्य सङ्घका महासचिव कृष्णप्रसाईँका अनुसार उपचारका क्रममा उनको अवस्था निरन्तर जटिल बन्दै गएको थियो।

राजवंशीलाई बचाउन चिकित्सकहरूले हरसम्भव प्रयास गरे पनि सफल हुन नसकेको उनले बताए।

नेपाली कांग्रेसकी सक्रिय कार्यकर्ता तथा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहनकुमार राजवंशीकी श्रीमती प्रमिला सामाजिक क्षेत्रमा समेत सक्रिय थिइन्।

उनको पार्थिव शरीरलाई भोलि स्थानीय देउनियाँ–पाराखोपीस्थित विश्रान्ति घाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds