लोड हुँदैछ...

मेनु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका चौध महिला सम्पर्कविहीन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका चौध महिला सम्पर्कविहीन

कञ्चनपुर। च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जङगलमा गएका १४ जना महिला हराएका छन् । उनीहरु सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ती महिलाहरू हिजो बिहान ११ बजेतिर जंगल प्रवेश गरेको र आजसम्म पनि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन् ।

महिलाहरु दुई छुट्टाछुट्टै टोली बनाएर जंगल प्रवेश गरेका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार जंगल प्रवेश गरेको र यतिबेलासम्म सम्पर्कविहीन भएको प्रहरीले जनाएको हो ।

सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।