लोड हुँदैछ...

मेनु

विराटनगरबाट १०४ ग्राम ब्राउन सुगर धनकुमार यादव पक्राउ

विराटनगरबाट १०४ ग्राम ब्राउन सुगर धनकुमार यादव पक्राउ

विराटनगर । प्रहरीले १०४ ग्राम ब्राउन सुगरसहित विराटनगर ४ बाट एक जना पैदलयात्रीलाई पक्राउ गरेको छ । पैदल यात्रा गरिरहेका व्यक्तिको साथमा ब्राउन सुगर रहेको विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गरी सुनसरी दुहवी १२ का २१ वर्षे धनकुमार यादवलाई पक्राउ गरेको हो ।

भट्टाचोक र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको र जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds