विराटनगर । सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन प्रमुख ढकालको सरकारी क्वार्टरमा छापा मारी घुस रकम बरामद गरेको हो।
सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन प्रमुख ढकालको सरकारी क्वार्टरमा छापा मारी घुस रकम बरामद गरेको हो।

अख्तियारको बर्दिबासस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको क्वार्टरमा छापा मारेको थियो। सो क्रममा प्रमुख ढकाल बसिरहेको सोफामै सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए। खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ समेत बरामद भएको छ।
विभिन्न जल उपभोक्ता समितिको बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी दिने सर्तमा डिभिजन प्रमुख ढकालले घुस माग गरेकी थिइन्। प्रमुखको निर्देशनमा मेकानिकल अधिकृत चौधरीले सेवाग्राहीबाट रकम बुझेर क्वार्टरमा पुर्याएको अवस्थामा अख्तियारले दुवै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै कर्मचारीलाई हिरासतमा लिई थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।