विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मन्त्रीहरूको राजीनामा नयाँ मुख्यमन्त्रीको टुङ्गो लागेपछि मात्र दिने बताएका छन् । हिजो मात्रै नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार सञ्चालनका लागि सहमति भएको थियो । नेता थापाले आजै राजीनामा दिने कुनै योजना नरहेको जानकारी दिए । ‘अब मुख्यमन्त्री को बन्छ, त्यो निर्णय भएपछि मात्र नेपाली हाम्रा मन्त्रीज्युहरुले राजिनामा दिनुहुन्छ,’ उनले भने । अब मुख्यमन्त्रीको टुङ्गो लागेर नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया अघि बढेपछि मात्र आफना वर्तमान मन्त्रीहरूले राजीनामा दिने उनले बताए ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्ना मुख्यमन्त्री र प्रदेशका सभापतिलाई छलफलमा बोलाएका छन् । यो छलफल पछि मन्त्रीहरुले राजिनामा दिने नेताहरुले बताए ।
शनिबार भएको सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बनी तथा नेकपाले कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने तय भएको छ । बाँकी रहेका प्रदेशमा अन्यदलसँग पनि छलफल गर्नेगरी तयारी भएको छ ।
कोशीको मुख्यमन्त्रीमा भने एमालेका तिल कुमार मेयाङबो मुख्यमन्त्री बन्ने चर्चा चलेको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।