लोड हुँदैछ...

मेनु

एमाले र नेकपाबीच तीन बुँदे सहमति, कोशीमा एमालेकै नेतृत्वमा सरकार !

एमाले र नेकपाबीच तीन बुँदे सहमति, कोशीमा एमालेकै नेतृत्वमा सरकार !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सातवटै प्रदेशमा सरकार गठन गर्ने सहमति गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा हस्ताक्षर गरेको यो सहमति पत्रले काँग्रेस र एमालेको यसअघिको गठबन्धन पूर्णतः भत्किएको छ ।

दुईपार्टीबीच प्रदेशसभाहरूमा आपसी सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने निर्णय गरेका छन्। सहमति अनुसार, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले संयुक्त सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने नेकपाले सरकारको नेतृत्व गर्नेछ।

उता, मधेस प्रदेश र गण्डकी प्रदेशमा सरकार गठन गर्ने प्रक्रिया अघि बढाउनका लागि दुवै दलहरूले प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्नेछन्। अन्य दलहरूसँगको छलफल पश्चात् सरकारको नेतृत्व र त्यसमा कुन दलको सहभागिता रहने भन्ने कुराको टुंगो लगाइनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds