विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मोरङको एकता भेला तथा विस्तारित बैठक विराटनगरमा भएको छ । भेलाले ७९९ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ। नवनिर्वाचित जिल्ला कमिटीका सदस्यहरूलाई नेकपाका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज कमरेड राजेन्द्र कुमार राईले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए ।
कार्यक्रममा कोशी प्रदेश इन्चार्ज राईसँगै प्रदेश सह–इन्चार्ज साबित्री काफ्ले, प्रदेश संयोजक हर्क नेम्वाङ (मिक्सो) लगायतका पार्टीका केन्द्रीय तथा प्रदेश स्तरका नेताहरूको उपस्थिति थियो। भेलामा इन्चार्ज राईले पार्टी एकताको सन्देश दिँदै जिल्ला कमिटीले आगामी दिनमा संगठन विस्तार र जनताका समस्या समाधानमा केन्द्रित भएर काम गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा उपस्थित नेताहरूले नयाँ कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।