लोड हुँदैछ...

मेनु

गाँजा र पेस्तोल बरामद गर्ने थापा र ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’

गाँजा र पेस्तोल बरामद गर्ने थापा र ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालयले २०८३ साल असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। व्यावसायिकता र उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने दुई जना प्रहरी कर्मचारीलाई यो महिना पुरस्कृत गरिएको हो।

पुरस्कृत हुनेहरूमा अस्थायी प्रहरी चौकी चाँदबेला, सुनसरीका प्रहरी सहायक निरीक्षक गणेश थापा र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार रेवती प्रसाद ढकाल रहेका छन्।

प्रहरी सहायक निरीक्षक थापाले गस्तीका क्रममा एक थान चाइनिज पेस्तोल र ३ राउन्ड गोलीसहित दुई जना प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएका थिए।

त्यसैगरी, प्रहरी हवल्दार ढकालले ठूलो परिमाणमा लागूऔषध बरामद गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ केजी र धरानका विभिन्न स्थानबाट ४०४ केजी गाँजा बरामद गरेका थिए। साथै ४७.२९ ग्राम ब्राउन सुगर, १८ हजार ट्याब्लेट ट्रामोल र २१० ट्याब्लेट स्पास्पेन सहित अवैध ओसारपसारमा संलग्न व्यक्तिहरू र फरार प्रतिवादीहरूलाई पक्राउ गर्न उनी सफल भएका थिए।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले उनीहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।