विराटनगर । मोरङको विभिन्न नाकाबाट चोरी तस्करी भई ल्याइएका १४ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित सशस्त्र प्रहरीले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको सामानसहित विराटनगर महानगरपालिका–१७ रानीमा बस्ने ३२ वर्षीय मोहमद अफजललाई सशस्त्र प्रहरी बल नेपाल नं.३ कंकालिनी गण मोरङ र सीमा सुरक्षा गुल्म रानीले नियन्त्रणमा लिएको हो ।
बरामद भएको सामानहरुमा लत्ताकपडा, कस्मेटिक तथा किराना सामान, औषधि, सिटी सफारी र स्कुटर रहेको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति, बरामद सामान तथा स्कुटर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङ्गमा बुझाइएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।