लोड हुँदैछ...

मेनु

जनार्दन मैनाली स्मृति पुरस्कार थपलियालाई

जनार्दन मैनाली स्मृति पुरस्कार थपलियालाई

विराटनगर । जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार पत्रकार पुष्पराज थपलियालाई प्रदान गरिने भएको छ ।

पत्रकारिता क्षेत्रमा थपलियाले पुर्‍याएको योगदानको कदर गर्दै यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रेस चौतारी मोरङले जनाएको छ।

पुरस्कार आगामी साउन १५ गते आयोजित विशेष कार्यक्रममा प्रदान गरिनेछ।

प्रेस चौतारी मोरङको बैठकले थपलियालाई १५ हजार ५ सय राशीको पत्रकारिता पुरस्कार दिने निर्णय भएको सचिव नवराज भट्टराईले जानकारी दिए ।

प्रेस चौतारी मोरङका संस्थापक सदस्य समेत समेत रहेका थपलिया विराटनगरबाट सञ्चालित खबर पूर्वाञ्चल अनलाइन समाचार पोर्टलका सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।