काठमाडौ । अमेरिकाको फ्लोरिडामा एक १६ वर्षीय किशोरसँग यौन सम्पर्क गरेको आरोपमा ४३ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ। गिरफ्तार गरिएकी ती महिलाको पहिचान मेरी इबाराको रूपमा गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो घटना गत डिसेम्बरमा सार्वजनिक भएको थियो। ती किशोरकी आमाले छोराको मोबाइल फोन हेर्ने क्रममा एउटा भिडिओ फेला पारेकी थिइन्। उक्त भिडिओमा आफ्ना छोरासँग चिनजानकै महिला इबारा यौन क्रियाकलापमा संलग्न रहेको देखेपछि आमाले प्रहरीमा उजुरी दिएकी थिइन्।
उजुरीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा किशोरको मोबाइलमा थप भिडिओहरू फेला परेका छन्। ती भिडिओहरूमा महिलाको अनुहार स्पष्ट देखिएको प्रहरीले जनाएको छ। अनुसन्धानका अनुसार सबैभन्दा पुरानो भिडिओ डिसेम्बर ४ को राति खिचिएको पाइएको छ। किशोरले पनि प्रहरीसँगको बयानमा भिडिओमा देखिएको युवक आफैँ भएको पुष्टि गरेका छन्।
प्रहरीले सुरुमा इबारासँग सोधपुछ गर्दा उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेकी थिइन् र धेरै बोल्न चाहेकी थिइनन्। यद्यपि, भिडिओ प्रमाणका आधारमा प्रहरीले उनलाई यही जनवरी ५ मा गिरफ्तार गरेको हो। हाल उनीविरुद्ध एक नाबालिगसँग गैरकानुनी यौन सम्बन्ध राखेको गम्भीर आरोपमा कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।