विराटनगर । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, मागको वृद्धि र मूल्यमा आएको निरन्तर बढोतरीका कारण नेपाली बजारमा सुन–चाँदीको भाउ पुनः उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ । योसँगै चाँदीको मूल्य पनि बढेर तोलामा ३ हजार ४९० रुपैयाँमा निर्धारण भएको छ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँ थियो भने चाँदी ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो। आजको मूल्यले सुन र चाँदी दुवैमा उल्लेखनीय वृद्धि देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार एक औंस सुन ४ हजार १७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य पनि उक्लँदै औंसमा ५४ डलर पुगेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।