लोड हुँदैछ...

मेनु

सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढ्यो

सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढ्यो

विराटनगर । नेपाली बजारमा बुधबार सुनको मूल्यमा थप ९०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन तोलामा ५ हजार २०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँमा पुगेको थियो ।

बुधबार थप ९०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको हो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढ्दै ३ हजार २२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।