विराटनगर । पत्रकार प्रेम देवानलाई पितृ शोक परेको छ । उनका बुवा कृष्ण देवानको ७० वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो ।
पत्रकार देवानका बुवा लामो समयदेखि हृदयाघातको बिरामी थिए । आइतबार एक्कासि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटलमा लगिएको थियो । उपचारको क्रममा निधन भएको हो ।
मृतक देवानको चार छोरा र पाँच छोरी छन् । प्रेम कान्छा छोरा हुन् ।
देवानको सुनसरीको चतरामा आफ्नो संस्कृतिअनुसार दाहासंस्कार गर्ने परिवारले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।