लोड हुँदैछ...

मेनु

कोशीमा मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

कोशीमा मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत मुलुकका अधिकांश पहाडी भू-भागमा साधारणतया बदलीको अवस्था छ।

आज सोमबार कोशी प्रदेशको तराई भू-भागमा आंशिक बदली रहने भए पनि एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले कोशी प्रदेशमा यसको प्रभाव देखिएको हो। कोशी बाहेक बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।