लोड हुँदैछ...

मेनु

भाइरल अडियोबारे सांसद भन्छन् : मेयरलाई चुनावबाट घर पठाउनु नै सरुवा हो

भाइरल अडियोबारे सांसद भन्छन् : मेयरलाई चुनावबाट घर पठाउनु नै  सरुवा हो

विराटनगर । कर्मचारीको सरुवा भएको त सुन्नुभएकै होला, तर के मेयरको पनि सरुवा हुन्छ ? सुन्दा अचम्म लाग्न सक्छ, तर उदयपुर–१ का प्रतिनिधि सभा सदस्य पारसमणि गेलालको अहिले एउटा यस्तै रोचक अडियो क्लिप सामाजिक सञ्जालमा डढेलो सरी फैलिएको छ ।
उक्त अडियोमा उनले ठोकुवा गर्दै भनेका छन् ‘अब मेयरको पनि सरुवा गर्नुपर्छ !’

अडियो भाइरल भएपछि स्पष्टीकरण दिँदै गेलालले कर्मचारी र जनप्रतिनिधिको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनको तर्क निकै रोचक छ । गेलाल भन्छन्, ‘स्थायी कर्मचारी वा अधिकृतहरू बिग्रिए भने उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गरेर सुधार्न सकिन्छ । तर, काम नगर्ने मेयरलाई सुधार्ने एउटै उपाय छ— त्यो हो सरुवा ।’

गेलाल भन्छन ‘मेयरको सरुवा हुनु भनेको निर्वाचनमार्फत उनलाई पदबाट हटाएर सिधै घर पठाइदिनु हो,’ उनले व्याख्या गरे ।
आफ्नो बोली विवादमा तानिएपछि गेलाल कत्ति पनि अत्तालिएका छैनन्, बरु उल्टै दङ्ग छन् । उनी भन्छन्, ‘विरोधीहरूले अडियो काटेर बीचको अंश मात्र भाइरल बनाएका हुन् । तर, यसले मलाई घाटा होइन, फाइदा पुगेको छ। आखिर जनताले पनि काम नगर्ने मेयर वा जनप्रतिनिधिको बिदाइ (सरुवा) नै चाहेका छन् । ’

उनले अगाडि थपे, अहिले मलाई कसैले सांसद पढेलेखेको रहेनछ भन्लान्, तर मेरो बौद्धिकतासदनको बहसले देखाइहाल्छ । यो भाइरल अडियोले त झन् देशव्यापी रूपमा उदयपुरलाई चिनाउने काम गरेको छ ।’

यो भाइरल संवाद हिजो मात्रैको भएको गेलालले बताएका छन् । स्थानीय जनताले मेयरले काम नगरेको र दुःख दिएको गुनासो गरेपछि आफूले त्यसो भए मेयरको सरुवा गरिदिन तयारीमा लाग्नुहोस भनेर जवाफ दिएको उनले बताए । आउने स्थानीयतहको चुनावको तयारीमा लाग्न भनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।