लोड हुँदैछ...

मेनु

विश्वकपमा गोल्डेन बुटको दौड रोचक : एमबाप्पे र मेस्सीबीच कडा प्रतिस्पर्धा, दुवैको ७–७ गोल

विश्वकपमा गोल्डेन बुटको दौड रोचक : एमबाप्पे र मेस्सीबीच कडा प्रतिस्पर्धा, दुवैको ७–७ गोल

काठमाडौँ । जारी विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै ुगोल्डेन बुटु जित्ने प्रतिस्पर्धा निकै रोचक बनेको छ। हाल फ्रान्सका कप्तान केलियन एमबाप्पे र अर्जेन्टिनी भेट्रान स्टार लियोनेल मेस्सी समान ७–७ गोलका साथ शीर्ष स्थानमा रहेका छन्।

पाराग्वेविरुद्धको अन्तिम १६ को खेलमा निर्णायक पेनाल्टी गोल गरेसँगै एमबाप्पेले मेस्सीसँगको गोल दूरी मेटाएका हुन्। गोल संख्या बराबर हुनुका साथै एमबाप्पेले अरुलाई गोल गर्नका लागि अवसर समेत सिर्जना गरिदिएको आधारमा उनलाई गोल्डेन बुटको मुख्य दाबेदारको रूपमा हेरिएको छ।

यी दुई स्टारलाई नर्वेका अर्लिङ हालान्ड र इङ्ल्यान्डका कप्तान ह्यारी केनले ५–५ गोलका साथ पछ्याइरहेका छन्। शीर्ष स्थानमा रहेका खेलाडीहरूको आगामी खेलहरू अझै बाँकी नै रहेकाले गोल्डेन बुट कसको पोल्टामा पुग्छ भन्ने विषय थप रोमाञ्चक बनेको छ।

यस्तै, ४–४ गोल गर्ने खेलाडीहरूको सूचीमा ब्राजिलका भिनिसियस जुनियर, फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयार्जाबल र सेनेगलका इस्माइला सार रहेका छन्।

सर्वाधिक गोलकर्ताको वर्तमान अवस्था
केलियन एमबाप्पे (फ्रान्स( ७ गोल
लियोनेल मेस्सी (अर्जेन्टिना) ७ गोल
अर्लिङ हालान्ड (नर्वे ) ५ गोल
८ह्यारी केन (इङ्ल्यान्ड)५ गोल
भिनिसियस जुनियर (ब्राजिल) ४ गोल
ओसमान डेम्बेले (फ्रान्स) ४ गोल
मिकेल ओयार्जाबल (स्पेन) ४ गोल
इस्माइला सार (सेनेगल)४ गोल

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।