विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका २ मा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मिक्लाजुङ २ का ४० वर्षे राजकुमार राईको चुलीपोखरी स्थित भीरबाट लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार शनिबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा उनी भिरबाट खसेका थिए । प्रहरीले भने आज बिहान मात्र घटनाको बारेमा जानकारी पाएको बताएको छ ।
घटना छानविन गर्न अस्थायी प्रहरी चौकी टाडीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।