विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको रोक्का गरिएको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जेन्जी आन्दोलनपछि रोकिएको स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएकै मितिदेखि गणना हुने गरी नियमित गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का अनिल थापालाई नियुक्त गरेको छ ।
यस्तै, सरकारले कानुनी जटिलता फुकाउन र प्रशासनिक सुधारका लागि केही विधेयकहरूलाई अघि बढाउने निर्णय पनि गरेको छ । बैठकले प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश २०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
त्यसैगरी, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता इन्द्रमणी पराजुलीले जानकारी दिए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।