विराटनगरमा टेबुल टेनिस ट्रेनिङ हुने

विराटनगर । मोरङ अन्डर ११ र अन्डर १३ टेबुल टेनिस ट्रेनिङ विराटनगरमा हुने भएको छ । विराटनगर – ३ दुर्गा चोकस्थित स्टेलर टेबुल टेनिस प्रशिक्षण केन्द्रमा उक्त ट्रेनिङ हुने भएको हो ।

स्विट्जरल्याण्डस्थित अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) को आर्थिक तथा प्राविधिक सहयोग र अखिल नेपाल टेबुल टेनिस संघको आयोजनामा नोभेम्बर २३ देखि २७ गतेसम्म कार्यक्रम हुने भएको छ । दुई उमेर समुहमा छात्र तथा छात्रा गरि जम्मा ४० जना प्रशिक्षार्थीहरुलाई आइटीटीएफको नयाँ तालिम सत्र अनुसार पाँच दिन सम्म तालिम दिइने आटीटीएफ लेभल २ प्रशिक्षक तथा बिराटनगर टेबुल टेनिस क्लबका अध्यक्ष बिकेन थापाले जानकारी दिए ।

यसै बर्षको मे महिना देखि अक्टुबर महिनासम्म कतारको दोहास्थित आइटीटीएफका तालिम निर्देशक तथा कोर्ष संचालक मोहम्मद अतोमले नेपालका विभिन्न प्रदेशका करिब ११ जनालाइ टेबुल टेनिस राष्ट्रिय टीम तयारी र ट्यालेन्ट पहिचानसम्बन्धी अनलाइन प्लेटफर्मको माध्यमबाट तालिम र मुल्यांकन दुवै गरेका थिए । अन्तिममा अतोमले बिराटनगरलाइ तालिमको लागि छनौट गरेका हुन् । अध्यक्ष थापाले यस अघि पनि आइटीटीएफ स्विट्जरल्याण्ड र आइटीटीएफ फाउण्डेसन जर्मनीको सहयोगमा कार्यक्रमहरु सफलतापूर्वक आयोजना गरिसकेको बताए । ती मध्ये २ ओटा वर्ल्ड टेबुल टेनिस डे प्रोग्राम, फेम्पावरमेन्टअसम ब्लसम्स र माइ जेन्डर माइ स्ट्रेन्थ जस्ता उपलब्धीमुलक कार्यक्रमहरु रहेका छन् ।

मङ्गलबार, ०५ मंसिर, २०८०, बिहानको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर