लोड हुँदैछ...

मेनु

मोरङसहित ३५ जिल्लामा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

मोरङसहित ३५ जिल्लामा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

विराटनगर । बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) राजधानी काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लामा बाढीको सम्भावना रहेको जनाएको छ। महाशाखाले एक विशेष बुलेटिन जारी गर्दै जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।

महाशाखाका अनुसार आज विशेष गरी कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। यी जिल्लाहरूका तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा बसोबास गर्ने मानिसहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ।

झापा, मोरङ र सुनसरीसहित आज बाढीको मध्यम जोखिम रहेका अन्य जिल्लाहरूमा पाँचथर, इलाम, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलाली रहेका छन्।

यसैबीच, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाका केही ससाना नदीहरूमा भने आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ।

निरन्तरको वर्षाका कारण नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले नदी किनारमा नजान र आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds