काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो।
महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ तोकेको छ। यसअघि आइतबार. सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि सोमबार गिरावट देखिएको छ। चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।