विराटनगर । किराँत लिम्बू समुदायको मौलिक पर्व सिसेक्पा तङ्नाम (साउने सङ्क्रान्ति) को अवसरमा विराटनगरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । किरात याक्थुङ चुम्लुङ विराटनगर महानगर समितिले शनिबार एक विशेष समारोहका बीच यो पर्व मनाएको हो ।
पर्वका अवसरमा आयोजित कार्यक्रममा लिम्बू समुदायका अग्रज, बुद्धिजीवी तथा स्थानीयहरूको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा परम्पराअनुसार नाङ्लो ठटाउँदै र राँको बालेर ुसहकाल आइज, अनिकाल जाु भन्दै कामना गरिएको थियो ।
यसरी सहकाल, समृद्धि, सुख–शान्ति तथा राम्रो उत्पादनको कामना गर्दै अनिकाल, दुःख–कष्ट र विपत्ति टार्ने सांस्कृतिक विश्वासका साथ सिसेक्पा तङ्नाम मनाइएको आयोजकले जनाएको छ ।
लिम्बू समुदायले सिसेक्पा तङ्नामलाई आफ्नो विशिष्ट मौलिक पर्वका रूपमा परापूर्वकालदेखि नै मनाउँदै आएका छन् । साउने सङ्क्रान्तिका दिन मनाइने यो पर्वले प्रकृतिप्रति सम्मान प्रकट गर्नुका साथै कृषि संस्कृतिको संरक्षण र सामुदायिक एकतालाई थप मजबुत बनाउने विश्वास गरिन्छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।