लोड हुँदैछ...

मेनु

संखुवासभामा गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

संखुवासभामा गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

विराटनगर। संखुवासभाको खाँदबारी नगरपालिका-८ अर्चलेबाट प्रहरीले करिब ३ किलो गाँजासहित एक ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले स्थानीय रत्न बहादुर मगरको घरमा खानतलासी गर्दा २ किलो ९२८ ग्राम गाँजा बरामद गरेको हो। उनले आफ्नै घरमा गाँजा लुकाइछिपाई राखी बिक्री वितरण गर्ने गरेको प्रहरीको दाबी छ।

गत असार २६ गते राति पक्राउ परेका मगरलाई आइतबार संखुवासभा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि म्याद थप गरिएको छ। उनीमाथि लागु औषध (गाँजा) मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds