काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहिबार दोहोरो अङ्कले घटेको छ।
आज नेप्से ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ विन्दुमा झरेर बन्द भएको हो।
आज सबै समूहको सेयर ओरालो लागेको छ।
आज २८ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६० लाख रुपैयाँमा खरिद बिक्री भएका छन्।