लोड हुँदैछ...

मेनु

सहकारी पत्रकारीता पुरस्कार थापालाई

सहकारी पत्रकारीता पुरस्कार थापालाई

विराटनगर । यस वर्षको उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार सहकारी अखबार डट कम कोशी प्रदेश संवाददाता चीना थापालाई प्रदान गरिने भएको छ ।

हरेक वर्षको राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने उक्त पुरस्कार यस वर्ष पत्रकार थापालाई दिइने निर्णय गरिएको हो ।
६६ औं राष्ट्रिय सहकारी दिवस : मूलसमारोह समितिको केहि दिन अगाडि बसेको बैठकले उक्त निर्णय गरेको दिवस मूल समारोह समितिका संयोजक तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए ।

चैत्र २० गते हुने कार्यक्रम स्थलमा नै पत्रकार सम्मेलन गरेर मूलसमारोह समितिका संयोजक पोखरेलले पुरस्कृत हुने व्यक्तिहरुको नाम सार्वजनिक गरेका हुन । पत्रकारीता पुरस्कारको राशि ५ हजार १०० रुपैयाँ रहेको छ । पुरस्कार चैत्र २० गते सहकारी दिवसको दिन प्रदान गरिने पोखरेलले जानकारी दिए ।

चैत्र २० गते कोशी प्रदेश प्रमुख पुर्शराम खापुङको प्रमुख आतिथ्यतामा विराटचोकमा सहकारी दिवसको कार्यक्रम गरिने पनि उनले जानकारी दिए ।मोरङलाई कार्यक्षेत्र बनाएर सहकारीको क्षेत्रमा कलम चलाउने मध्ये हरेक वर्ष एक जनालाई पुरस्कृत गरिदै आएको र यो भन्दा अगाडि पत्रकार नरेन्द्र दाहाल, महेन्द्र विष्ट, मिन कुमार नवोदित, सुशिला पाठक, नविन कर्ण, केदार चौहान र भुपेन्द्र तिम्ल्सिनाले पाइसकेको पोखरेलले बताए ।

पत्रकार थापासँगै यस वर्षको सहकारी व्यक्तित्व पुरस्कारबाट रंगेली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद मेहेता र केराबारी सामुदायिक सहकारी ंसस्थाकी विन्दा श्रेष्ठ तामाङलाई दिइने निर्णय बैठकले गरेको संयोजक पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds