विराटनगर । नेपाल बिजनेस कलेजले वि।वि।ए सातौँ सेमेस्टरका विद्यार्थीहरूका लाई व्यवसाय गर्न सिकाएको छ । वि।वि।ए सातौँ सेमेस्टर मा पढाई हुने इभेन्ट म्यानेजमेन्ट विषयको, सैद्धान्तिक ज्ञान सेमेस्टरका विद्यार्थीहरूलाई ४ दिन सम्म विराटनगरका विभिन्न स्थानमा व्यवसाय गर्न सिकाएको हो ।
असार २१ गते देखि २४ गते सम्म खाजाका विभिन्न परिकारहरू बेच्न लगाएको थियो । कक्षा कोठामा मात्रै अध्ययन गरेका विद्यार्थीलाई फिल्ड मानै पठाएर व्यवसाय सिकाएको कलेजका प्रिन्सिपल दीपक कोइरालाले बताए ।
विद्यार्थीहरूलाई पढ्दै सिकाउँदै अभियान अन्तर्गत फिल्डमा पठाइएको उनले बताए ।विद्यार्थीहरूले व्यावसायिक क्रियाकलापका लागी समूह निर्माण गर्न, सामूहिक उद्देश्य प्राप्तिका लागी योजना तर्जुमा गर्न जिम्मेवारीको बाँडफाँड गर्न,योजना अनुसारको प्रगतिको मूल्याङ्कन र विश्लेषण गर्न सिकाइएको समेत उनले बताए ।
व्यापारबाट विद्यार्थीहरूले २० हजार ४सय ६९ रुपैयाँ मुनाफा आर्जन गरेको कलेजले जनाएको छ । सो मुनाफा बराबरको रकम च्यारेटिका लागी ९गरिब तथा असहाय०लाई प्रदान गरिने कलेजले जनाएको छ ।