विराटनगर । प्रतिनिधि सभाको बैठक आज (मंगलवार) ११ बजे बस्दै छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र८० को बजेटबारे छलफल हुने छ ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमले बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको बताए ।
बैठकको शुरूमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल शुरू गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि बजेटमाथि छलफल शुरू हुनेछ ।बजेटको छलफल तीन दिनसम्म चल्नेछ ।