बजेट निजी क्षेत्रमैत्री आएको भन्दै आरतीको स्वागत

विराटनगर । नेपाल सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० सालको बजेट राम्रो भएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ ।

निजी क्षेत्रले विगतको समयदेखि उठाउँदै आएको उद्योगलाई वर्षौदेखि असर गर्दै आइरहेको र सोचेभन्दा बढी व्यापार व्यवसाय गर्न नसकेको विषयहरुमा बजेटले समेटेको आरती स्ट्रीप्स प्रा.लि. मोरङले जनाएको छ ।

उत्पादनमुलक उद्योगको जग्गा हदबन्दी सम्बन्धमा, नेपाल सरकारको जग्गा ५० वर्षसम्मको लागि भाडामामा उपलब्ध गराउने सम्बन्धमा, आत्मनिर्भर भएका उद्योगहरूलाई निर्यात गर्दा ८ प्रतिशतसम्म क्यास इन्सेन्टिभ दिने कुरा सह्रानीय रहेको उद्योगले जनाएको छ । आइरन, वायर रड, कर्कट जस्तापाता लगायतका अन्य फलामजन्य सामाग्रीहरुमा देश आत्मनिर्भर भएको अवस्थामा आयात प्रतिस्थापनको नीति स्वगतयोग्य रहेको कम्पनीको भनाइ छ ।

देश फलामजन्य सामाग्रीमा आत्मनिर्भर रहेको भन्दै आरतीले बजेटपछि विदेशी तथा स्वदेशी लगानीमा स्थापित उद्योगहरुले सहज रुपमा ब्यापार व्यवसाय गर्ने बाटो खुलेको दावी गरेको छ । आयातित फलामजन्य सामग्रीबाट स्वदेशी उत्पादनलाई कुनैपनि समस्या नरहेको कम्पनीले जनाएको छ ।

नेपाल स्टील, जस्तापाता, बिभिन्नबायर एवं फलामजन्य बस्तुमा आत्मनिर्भर रहेको छ र निर्यातको संभावना बढेको कम्पनीको भनाइ छ । सरकारले वार्षिक १० करोडभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम २ देखि १५ प्रतिशत छुट दिने घोषणा गर्नु सकारात्मक भएको र यसले औद्योगिक क्षेत्रको विकास गर्न, बैदेशिक लगानी आकर्षित गर्न र आयात प्रतिस्थापन गरी निर्यातलाई प्रवद्र्धन गर्न सजिलो भएको कम्पनीले जनाएको छ ।

अर्पाटमेन्टहरु बिदेशी नागरिकलाई बिक्री गर्न दिने बजेटको प्रावधानसँगै नेपालमा स्थापित सिमेन्ट र डण्डी उद्योगहरु बिक्रीबितरण हुने र सरकारको राजस्वमा पनि बृद्धि हुने जनाइउको छ । आरतीले बजेटका व्यवस्था छिटोभन्दा छिटो प्रभावकारी ढंगले कार्यान्वयन गर्न पनि माग गरेको छ ।

आरती स्ट्रीप्स प्रा.लि. नेपालकै सबैभन्दा ठूलो बैदेशिक लगानीमा स्थापित फलामजन्य सामग्री उत्पादक कम्पनी हो । उद्योग मोरङको टंकीसिनावरीमा रहेको छ ।

सोमबार, १६ जेठ, २०७९, साँझको ०७:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर